free website hit counter

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

beemaadmin
२०८३ असार २६, शुक्रबार

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइने भएको छ।

वीर अस्पतालका अनुसार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागसँग आवश्यक समन्वय गरी पोस्टमार्टमका लागि शव पठाउने तयारी भइरहेको छ।

मुगुका स्थायी बासिन्दा नेपाली काठमाडौंमा राइडिङ सेवा सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थिए। उनले बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।

गम्भीर अवस्थामा रहेका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार