free website hit counter

गण्डकी विकास बैंकले एकैदिन थप्यो ४ नयाँ शाखा

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी विकास बैंकले एकै साथ ४ शाखा कार्यालय थप गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको सो बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि शाखा विस्तार गरिरहेको छ । शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका हुन् ।
त्यस्तै बालुवाखानी शाखाको उद्घाटन कार्याक्रममा बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थिति रहेको थियो भने जरंखु शाखामा बैंकका सञ्चालक किशोर ओझाको थिए । उक्त बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुुलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक तिन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको जानकारी दिए ।
न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को व्यवस्थित विकास बैंकहरूको अवार्ड हासिल गरेको छ । हालसम्म सो बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड रुपैयाँ संकलन गरी २७ अर्व ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ।ब।सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार