free website hit counter

गभर्नरका तीन प्रतिस्पर्धी मैदानमा

beemaadmin
२०८१ चैत्र १५, शुक्रबार

काठमाण्डौ । कुनै पनि स्थानको नियुक्ति उसको दक्षता अनुसार गर्नु पर्ने हो तर यहाँ भागवण्डा हुँदा राम्रा भन्दा पनि पार्टीका क्याडरलाई जिम्मा लगाउने प्रचलन छ । नेपाल राष्ट्रबैंकको आगामी गभर्नरका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले सम्भावित ३ जनाको नाम लगभग फाइनल गरेको छ । स्रोतका अनुसार सम्भावित गभर्नरको रुपमा पहिलो नम्बरमा ज्ञानेन्द्रप्रसाद ढुंगाना छन्भने उनीसँगै डा प्रकाश श्रेष्ठ र निलम ढुंगानाको नाम मन्त्रिपरिषदमा सिफारिस हुने भएको छ । अन्तिम ३ जनाको रुपमा सिफारिस हुने निश्चित भएपछि नै ज्ञानेन्द्र ढुंगानाले नविल बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । यस्तै, अन्तिम तीन नाममा पर्ने संकेत पाएपछि राष्ट्रबैंककै कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाश श्रेष्ठले पनि दुई दिनअघि राजीनामा दिइसकेका छन् । अन्तिम तीन नाममा आफूहरु पर्ने भएपछि ढुंगाना र श्रेष्ठले राजीनामा दिए पनि राष्ट्रबैंककै डेपुटी गभर्नर डा निलम ढुंगानाले भने राजीनामा दिनु पर्दैन । गभर्नर सिफारिस गर्दा दुईमध्ये एकजना डेपुटी गभर्नरको नाम अनिवार्य गरिएकोले बमबहादुर मिश्र अन्तिम तीन नाममा नपर्ने स्रोतको दाबी छ । डेपुटी गभर्नरमध्येबाट निलमको नाम पर्ने निश्चित भइसकेको बताइएको छ । त्यसो त गभर्नरको दौडमा रहेका अन्य पात्र समेत थाकेका छैनन् । गभर्नर एमालेले पाएको खण्डमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समेत बाजी मार्ने बताइन्छ । उनी ‘पर्ख र हेर’को नीतिमा रहेका छन् । राष्ट्रबैंककै कार्यकारी निर्देशक डा। गुणाकर भट्ट कांगे्रस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको साइनो जोड्दै अन्तिम कसरत गरिरहेका छन् । यीबाहेक अन्य प्रतिस्पर्धीहरु भने लगभग रिङआउट भइसकेका स्रोतको दाबी छ ।छिल्लोपटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेले पाएका कारण राष्ट्रबैंकको गभर्नर कांग्रेसले पाउने उच्चस्तरको सहमति भइसकेको बताइन्छ । यसैकारण समेत कांग्रेसबाट गभर्नरको प्रतिस्पर्धामा रहेकाहरुले बाजी मार्ने प्रवल सम्भावना देखिन्छ । प्रतिस्पर्धीमध्ये केन्द्रीय बैंककै क्याडर समेत रहेका र बैंकिङ तथा अर्थतन्त्रलाई राम्रोसँग बुझेका ज्ञानेन्द्र ढुंगानाको उच्च सम्भावना रहेको स्रोत बताउँछ । पछिल्लो समय आरजू राणा देउवा, डा प्रकाशशरण महत लगायतका कांग्रेसका प्रभावशाली नेताहरुले ज्ञानेन्द्र ढुंगानाको नाममा निरन्तर दवाब दिइरहेका छन् । ढुंगाना बैंकिङ क्षेत्रका निकै चतुर खेलाडी समेत हुन् । सबैसँग सन्तुलित सम्बन्ध राख्नसक्ने क्षमता भएका उनी गभर्नरको रुपमा आउँदा लगानीकर्ताहरुले पनि राहात महसुस गर्नेछन् । ज्ञानेन्द्र ढुंगाना नै गभर्नरको रुपमा आउने सम्भावना प्रवल देखिएकै कारण पछिल्लो समय सेयर बजार पनि उत्साहित देखिन्छ । किनभने ज्ञानेन्द्र ढुंगानाले पहिलादेखि नै सेयर बजारको विषयमा राष्ट्रबैंकले लिएको नीतिमा आपत्ति जनाउँदै आएका थिए । उनले सेयरधितो कर्जामा क्याप लगाइनु, रिस्क वेटेजमा कस्नू गलत रहेको खुलेआम बताउँदै आएका थिए । गभर्नरको रुपमा ढुंगाना आएपछि सेयर बजारका लगानीकर्ताहरुले खोजिरहेको लचक नीति आउनेमा धेरै आशावादी देखिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार