free website hit counter

गरिबका अन्नदातालाई कोरोना देखियो, गाउँले त्रसित

beemaadmin
२०७७ बैशाख ८, सोमबार

एजेन्सी । गरिबहरुका लागि खाना बनाउने र बाँड्ने अधिकारीमा नै कोरोना देखिएपछि भारतमा आतंक फैलिएको छ । भारतको मध्य प्रदेशको राजधानी भोपालमा यस्तो घटना भएको हो । लकडाउनको घोषणा पछि गरिबहरुका लागि खाना वितरण गर्ने जिम्मा पाएका भोपाल नगर निगमका एक अधिकारीमा कोरोना पोजिटिभ देखिएको हो । योसँगै नगर निगमका समग्र अधिकारी र कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ । त्यहाँ एक हजारभन्दा अधिक मानिसहरु दैनिक सहुलियत दरमा खाना खान जाने गर्दथे । उक्त भान्सामा गरिबहरुका लागि पनि खानाको प्याकेट तयार पारिन्थ्यो । ती अधिकारीको सम्पर्कमा आएका मानिसहरुको पत्ता लगाउने प्रयास भइरहेको छ, किनकि उनी खाना बनाउने र बाड्ने काममा जोडिएका थिए । उनी धेरै मानिसहरुको नजिक रहेने भएकाले पनि कन्ट्याक्ट ट्रेसिङमा सामान्यभन्दा धेरै समय लागिरहेको छ । नगर निगमका २० जना कर्मचारीहरुको नमुना पनि लिइएको छ, जो नियमित रुपमा ती अधिकारीको सम्पर्कमा थिए । जिल्ला प्रशासनका एक अधिकारीका अनुसार, जो मानिस ती अधिकारीको सम्पर्कमा थिए, उनीहरुलाई तुरुन्तै सेल्फ क्वारेन्टाइनमा जानका लागि भनिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार