free website hit counter

गरिमाले दिन्छ ६.४९ प्रतिशतमा आवास कर्जा

beemaadmin
२०८२ पुष ६, आईतवार

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीको अब आफ्नै घरको सपना साकार गर्न आकर्षक ६.४९ प्रतिशत ब्याजदरमा “गरिमा आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत विकास बैंकले अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झट रहित तवरबाट सजिलो आवास कर्जा उपलब्ध गराउने छ । गरिमा विकास बैंक लिमिटेडको सबै शाखा कार्यालयहरूमा उपलब्ध हुने योजनामा ग्राहकले धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहज रूपमा कर्जा सार्न समेत सक्नेछन् । ग्राहकहरूलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात पेस गरेको ३ कार्य दिन भित्र विकास बैंकले कर्जा स्वीकृत गर्नेछ । नयाँ घर खरिद गर्न, नयाँ घर निर्माण गर्न तथा पुरानो घर मर्मत तथा पुनर्निर्माण गर्नका लागि यस योजना अन्तर्गतको आवास कर्जा उपभोग गर्न सकिनेछ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार