free website hit counter

गरिमा विकास बैंकको नाफा वृद्धि

beemaadmin
२०७६ माघ २७, सोमबार

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ९६ लाख रुपैयाँ अर्थात् १०.०२ प्रतिशतले धेरै हो। बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा बढोत्तरी देखिएको हो। बैंकले यस अवधिसम्ममा ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २०.२१ प्रतिशतले धेरै हो। बैंकको सञ्चालन मुनाफा १० प्रतिशतले बढेर ४६ करोड ५० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ४७ लाख रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १६ प्रतिशतले बढाएर ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुर्याकएको बैंकले जगेडा कोषमा ६२ करोड ७४ लाख रुपैयाँ सञ्चित गरेको छ। यसैगरी, बैंकको रिटेन्ड अर्निङ २२ करोड ५४ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकले ३३ अर्ब ७३ करोड ८१ लख रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार