free website hit counter

गरिमा विकास बैंकको लाभांश १७ प्रतिशत

beemaadmin
२०७६ कार्तिक १५, शुक्रबार

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले झण्डै १४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंक संचालक समितिको कार्तिक १४ गते बसेको २३४ औं बैठकले हाल कायम चुक्ता पूँजीको १६.१५ प्रतिशत अर्थात ४५ करोड ३ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७५/०७६ मा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार