free website hit counter

गरिमा विकास बैंक १८औं वर्षमा

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार

काठमाडौं । गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा १७ वर्षअगाडि शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट बैंक स्थापना भएको थियो । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको हो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । विसं २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले साबिक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंकसँगको मर्जरपछि २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो । बदलिँदो समय, बजार सुहाउँदो र प्रविधिको अधिकतम उपयोग गर्दै बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांकनुसार बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड, सञ्चित नाफा ६८ करोड ४४ लाख, जगेडा कोष २ अर्ब ८४ करोड रुपियाँ रहेको छ । त्यस्तै, बैंकले ८३ अर्ब २७ करोड रुपियाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड रुपियाँ कर्जा लगानी गरेको छ । तीन महिनामा २२ करोड ५७ लाख रुपियाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार