free website hit counter

गाडीभरि यति धेरै बन्दूक

beemaadmin
२०७७ माघ ६, मंगलवार

काठमाडौं। दिल्ली पुलिसको विशेष सेलले हतियार तस्करबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । ती तस्करको साथबाट ३५ वटा सेमि अटोमेटिक पेस्तोल र ६० राउण्ड गोली बरामद भएको छ ।

पुलिसका अनुसार पक्राउ परेका तस्करको नाम आशिष कुमार पाण्डे हो । उनले चोरीको कारबाट हतियार तस्करी गरिरहेका थिए । हिन्दुस्तान टाइम्सका अनुसार यी हतियार मध्य प्रदेशबाट दिल्ली लगिएका थिए । हतियारहरु दिल्लीमा सक्रिय विभिन्न अपराधीहरुलाई बेच्न त्यहाँ लगिएको थियो । ती तस्करले पेस्तोलहरु गाडीका विभिन्न भागमा लुकाएका थिए ।

गाडीका ४ वटा ढोकाभित्र ४–४ पटा गरी १६ पेस्तोल लुकाइएका थिए । गाडीमा राखिएको अतिरिक्त टायरभित्र १९ पेस्तोल र ६० गोली भेटिए । आशि कुमारले पुलिसलाई बताएअनुसार उनी हतियार तस्करको एक गिरोहका सदस्य हुन् । आशिषले मध्य प्रदेशका जग्गु भनिने प्रल्हादसँगबाट हतियार ल्याएर दिल्लीमा अपराधीहरुलाई बेच्थे । उनले मध्य प्रदेशबाट एउटा पेस्तोल ७ हजार ५ सयमा किनेर दिल्ली ल्याउँथे र त्यहाँ १५ हजारमा बेच्थे । उनले बेचेको पेस्तोल अपराधीहरुले २५ देखि ३० हजारसम्ममा किन्थे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार