free website hit counter

गाडी भाडा फेरि बढ्यो

beemaadmin
२०८३ बैशाख १६, बुधबार

सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडा समायोजन गरेको हो।

विभागका अनुसार बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा आएको छ। अन्तरप्रदेश यात्रुवाहक सवारीका साथै पहाडी मार्गमा चल्ने मालवाहक र तराई मार्गका मालवाहक सवारी साधनमा समान ५–५ प्रतिशतले भाडा बढाइएको छ।

Advertisement
Advertisement

यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो। भाडा वृद्धि सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख १२ गते अनुमति दिएको थियो, जसअनुसार विभागले नयाँ दर लागू गरेको जनाएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार