free website hit counter

गुडिरहेको गाडीमा यस्तो हर्कत गरेपछि….

beemaadmin
२०७९ जेष्ठ २६, बिहीबार

एजेन्सी । जवानीको जोशलाई नियन्त्रण गर्न नसक्दा ठूला दुर्घटना भएका छन् । चलिरहेको गाडीमा यौन क्रियाकलापका कारण एक एसयूभी दुर्घटनामा परेको छ । पुरुषले कार चलाइरहेका थिए र उनको छेउमा एक महिला बसेकी थिइन् । एक्कासी महिलाले चालकसँग यौन क्रियाकलाप गर्न थालिन्, जसका कारण चालकको सन्तुलन बिग्रियो र एसयूभी ट्रकसँग ठोक्कियो । एसयूभी अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको हो ।
लोकल १० डट कमको रिपोर्ट अनुसार मामिला अमेरिकाको हो । यहाँ एसयुभी नर्थ ओसन बुलेभार्डको सडक हुँदै गइरहेको थियो। त्यसमा दुई जना थिए । एक पुरुष र एक महिला। अधिकारीहरुका अनुसार यात्राको क्रममा महिलाले पुरुषसँग यौन क्रियाकलाप गर्न थालिन् । यसै क्रममा एसयूभी दुर्घटनामा परेको थियो । अगाडिबाट आउँदै गरेको फेडएक्स ट्रकमा दुई जना पनि सवार थिए । दुर्घटनाका कारण ट्रकमा सवार दुवै जना सामान्य घाइते भएका छन् । रिपोर्टका अनुसार एसयुभीमा सवार पुरूषलाई गुप्तांगमा चोट लागेको छ ।
दुर्घटनापछि एसयूभीमा सवार दुबै जना अर्धनग्न अवस्थामा सडकमा लडिरहेका थिए । दुर्घटनापछि प्रहरीले यी दुईलाई सहयोग गरेको देखिएको छ । यस घटनामा अहिलेसम्म कसैविरुद्ध मुद्दा दर्ता भएको छैन । दुर्घटनाका तस्बिर पनि सार्वजनिक भएका छन् । जसलाई हेर्दा दुवै सवारीसाधनमा ठूलो क्षति पुगेको देखिन्छ । एसयूभीको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ । फेडएक्सको ट्रकको अगाडिको भागमा पनि क्षति पुगेको छ । तस्बिर हेर्दा ट्रकको एयरब्याग पनि खुलेको देखिन्छ । तर, दुर्घटना हुँदा दुवै सवारी साधन कति गतिमा चलेका थिए भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार