free website hit counter

गुडिरहेको गाडीमा यस्तो हर्कत गरेपछि….

beemaadmin
२०७९ जेष्ठ २६, बिहीबार

एजेन्सी । जवानीको जोशलाई नियन्त्रण गर्न नसक्दा ठूला दुर्घटना भएका छन् । चलिरहेको गाडीमा यौन क्रियाकलापका कारण एक एसयूभी दुर्घटनामा परेको छ । पुरुषले कार चलाइरहेका थिए र उनको छेउमा एक महिला बसेकी थिइन् । एक्कासी महिलाले चालकसँग यौन क्रियाकलाप गर्न थालिन्, जसका कारण चालकको सन्तुलन बिग्रियो र एसयूभी ट्रकसँग ठोक्कियो । एसयूभी अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको हो ।
लोकल १० डट कमको रिपोर्ट अनुसार मामिला अमेरिकाको हो । यहाँ एसयुभी नर्थ ओसन बुलेभार्डको सडक हुँदै गइरहेको थियो। त्यसमा दुई जना थिए । एक पुरुष र एक महिला। अधिकारीहरुका अनुसार यात्राको क्रममा महिलाले पुरुषसँग यौन क्रियाकलाप गर्न थालिन् । यसै क्रममा एसयूभी दुर्घटनामा परेको थियो । अगाडिबाट आउँदै गरेको फेडएक्स ट्रकमा दुई जना पनि सवार थिए । दुर्घटनाका कारण ट्रकमा सवार दुवै जना सामान्य घाइते भएका छन् । रिपोर्टका अनुसार एसयुभीमा सवार पुरूषलाई गुप्तांगमा चोट लागेको छ ।
दुर्घटनापछि एसयूभीमा सवार दुबै जना अर्धनग्न अवस्थामा सडकमा लडिरहेका थिए । दुर्घटनापछि प्रहरीले यी दुईलाई सहयोग गरेको देखिएको छ । यस घटनामा अहिलेसम्म कसैविरुद्ध मुद्दा दर्ता भएको छैन । दुर्घटनाका तस्बिर पनि सार्वजनिक भएका छन् । जसलाई हेर्दा दुवै सवारीसाधनमा ठूलो क्षति पुगेको देखिन्छ । एसयूभीको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ । फेडएक्सको ट्रकको अगाडिको भागमा पनि क्षति पुगेको छ । तस्बिर हेर्दा ट्रकको एयरब्याग पनि खुलेको देखिन्छ । तर, दुर्घटना हुँदा दुवै सवारी साधन कति गतिमा चलेका थिए भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

सम्बन्धित समाचार