free website hit counter

गुराँस लाइफको नाफा बढ्यो

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्टले गुराँस लाइफको नाफामा वृद्धि भएको देखाएको छ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ३५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३ करोड ५० लाख रुपैयाँ बढी हो। गत वर्षको तेस्रा त्रैमाससम्ममा इन्स्योरेन्सले एक अर्ब १२ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। सो अवधिसम्ममा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ४६ करोड ४७ लाख रुपैयाँ, बीमालेख धितो कर्जाबाट ३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ।
समीक्षा अवधीमा इन्स्योरेन्सको खुद नाफा ८ करोड ३७ लाख ६० हजार रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २ करोड ७१ लाख रुपैयाँ बढी हो। गत वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ६३ लाख, जीवनबीमा कोषमा ७ अर्ब १० करोड ४४ लाख र महाविपत्ती कोषमा ४ करोड ४२ लाख रुपैयाँ संचित छ। हालसम्म इन्स्योरेन्सले ९ अर्ब १७ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ७ हजार १११ दाबी बापत २४ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १७ दाबी बापत ३९ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात ३३.८७ गुणा छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार