free website hit counter

गुराँस लाइफको शेयरमूल्य समायोजन

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा इन्स्योरेन्सको फागुन २२ गते बिहीबार शतप्रतिशत हकप्रद शेयरमा शेयरमूल्य समायोजन भएको हो। इन्स्योरेन्सले १ बराबर १ अनुपातमा हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४७० रुपैयाँ कायम गरेको छ।
इन्स्योरेन्सले १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सको नवौँ वार्षिक साधरण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।
हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २२ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको समायोजित मूल्यलाई आधार मानेर बिहीबार शेयर कारोबार खुल्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार