free website hit counter

गुराँस लाइफको हकप्रदमा आवेदन दिन छुट्ला नि ?

beemaadmin
२०७७ असार ८, सोमबार

काठमाडौं । कोरोना कहरका कारण बजार चकमन्न भइरहेको बेला गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ । इन्स्योरेन्सले यस अघि गत चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने भनेको थियो। तर, चैत ११ गतेदेखि नै लकडाउन गरिएका कारण इन्स्योरेन्सले निष्काशन प्रक्रिया स्थिगित भएको थियो ।
इन्स्योरेन्सले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको थियो। जस अनुसार फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्। इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। कम्पनीले यसअघि चैत २० गतेदेखि हकप्रद बिक्री गर्ने भनेपनि लकडाउनका कारण हकप्रद शेयर निष्काशन स्थगित भएको थियो। सरकारले असार १ गतेदेखि पुनः लकडाउन खुकुलो बनाएपछि कम्पनीले हकप्रद बिक्री सुरु गर्न लागेको हो।
एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा २०७७ साउन गतेसम्म आवेदन गर्न सकिनेछ। इन्स्योरेन्सले बिक्रीमा ल्याउन लागेको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ। हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार