काठमाडौं । चुक्ता पुँजीको चटारोमा रहेको गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री चैत २० गतेदेखि खुल्ला गर्ने भएको छ। कम्पनीले १ बराबर १ कित्ताको अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द ९बुकक्लोज० गरेको थियो। जस अनुसार फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्। इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा २०७७ बैशाख १० गतेसम्म आवेदन गर्न सकिनेछ। इन्स्योरेन्सले बिक्रीमा ल्याउन लागेको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ पलस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।
हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।