free website hit counter

गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

beemaadmin
२०७९ चैत्र २३, बिहीबार

काठमाडौं श्र चैत २३ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन इन्स्योरेन्सको १३।२७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ३६९ रुपैयाँ ४७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। इन्स्योरेन्सले बैशाख ६ गते कम्पनी प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा बिहान १०ः३० बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ। तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सम्बन्धित समाचार