काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सको १०औं बार्षिक साधारणसभाले विवेक दुगडको अध्यक्षतामा छ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
मंसिर ४ गते सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
साधारणसभालगत्तै अपरान्ह बसेको सञ्चालक समितिको बैठकबाट विवेक दुगडलाई अध्यक्षमा निर्वाचित गरको कम्पनीले जनाएको छ । उल्लेखित सञ्चालकहरुको पदावधी चार वर्षको रहेको छ ।