free website hit counter

गुरुबाको टाउको छिनाइनुको कारण चाहिँ १३ वर्षकी बालिका

beemaadmin
२०७७ चैत्र १, आईतवार

एजेन्सी । साना तिना कारणले पनि मानिसको ज्यान जाने गर्छ । अपराधीको सनक के कुरामा बढ्छ उसले अपराध गरिछाड्छ । हजरत मोहम्मदको कार्टुनका विषयमा सुरु भएको विवादमा मुस्लिम अतिवादीले टाउको छिनाइदिएका फ्रान्सका एक शिक्षकको हत्यामा आफ्नो पनि भूमिका रहेको १३ वर्षकी एक छात्राले खुलासा गरेकी छिन् । यी बालिकाको पहिचान खुलाइएको छैन ।

ती बालिकाको दावी अनुसार उनले आफ्ना पितालाई ती शिक्षक सामुएल पेटीले अभिव्यक्ति स्वतन्त्रताको विषयका कक्षामा मोहम्मदको कार्टुन देखाउनुअघि मुस्लिम विद्यार्थीहरुलाई कक्षाबाहिर जान भनेको बताएकी थिइन् । यो कार्टुन चार्ली हेब्दो पत्रिकामा प्रकाशित भएको थियो । ती बालिकाले पितालाई यस्तो बताएपछि उनका पिताले यस विषयमा कानुनी उजुरी दर्ता गरेर ती शिक्षकविरुद्ध अनलाइन अभियान नै सुरु गरेका थिए ।

उनले अनलाइनमा यो अभियानका लागि पोस्ट गरेको भिडियोले मुस्लिम समुदायमा आक्रोश बढाएको थियो । यो भिडियो हेरेपछि नै १८ वर्षका अब्दुल्लाख अन्जोरोभ ती शिक्षकको हत्या गर्न पेरिस आएका थिए । ती बालिकाका वकिल एम्बेको ताबुलाका अनुसार खासमा ती बालिका कार्टुन देखाइने दिन स्कुल नै गएकी थिइनन् ।

उनका साथीहरुले उनलाई यस विषयमा बोलिदिन अनुरोध गरेपछि उनले आफ्ना पितासँग झुट बोलेकी थिइन् । ती बालिका आफ्ना पितालाई खुसी पार्न चाहन्थिन् त्यसैले उनले यो दावी फैलाएकी थिइन् । खासमा ती बालिका त्यो कक्षाको दिन भन्दा अघिल्लो दिन नै स्कुलबाट निकालिएकी थिइन् किनकि उनी लामो समयसम्म गयल भएकी थिइन् । तर, उनले पितालाई यो कुरा बताउन डराएपछि झुटो कुरा सुनाएकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार