गुल्मी । शाखा सञ्जाल विस्तारको क्रममा कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती ४ लिम्घामा २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन भयो । शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै ग्रामिण भेगका जनताले बैंकिङ्ग सेवा प्राप्त गर्ने विश्वास बैंकको छ ।