free website hit counter

गैरेलाई गल्कोट नुवाकोट समाजको जिम्मा

beemaadmin
२०७६ पुष २०, आईतवार

टोकियो । बागलुङ जिल्ला गल्कोट नुवाकोट समाज जापानको दोस्रो अधिबेशनले जीबन गैरेलाई नयाँ अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । गैरेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति समेत गठन भएको छ ।बागलुङ जिल्ला गल्कोट नुवाकोट जन्मभूमी भई हाल जापानमा रहनुभएका गल्कोट नुवाकोट बासीको साझा संस्था नुवाकोट समाजको नवगठित कार्यसमितिमा उपाध्यक्षद्वयको जिम्मेवारी नरबहादुर न्योपाने र सञ्जय साहनीलाई दिइएको छ भने सचिवमा छमबहादुर विक, सहसचिवमा इश्वर गैरे, कोषाध्यक्षमा झकबहादुर खड्का, सहकोषाध्यक्षमा प्रेम थापा रहनुभएको छ ।

सदस्यहरूमा भने तुलबहादुर केसी, राजु खत्री, पदम गैरे, बिक्कल खत्री, होमबहादुर खत्री, बाबुराम शर्मा पौडेल, कुलबहादुर खड्का, कृष्णबहादुर खड्का, बाबुराम सुनार, कुलबहादुर भण्डारी, तिलबहादुर खत्री, अर्जुन खत्री, सुसान साहनी, कमल खड्का, प्रितम भण्डारी रहनुभएको बताइएको छ ।

यसैगरी सल्लहकार समितिमा ढुण्डीराज न्योपाने, टंक भण्डारी, गोर्खबहादुर खत्री, अनिल खत्री र जितेन्द्र भण्डारी रहनुभएको छ । कार्यक्रममा अध्यक्ष जीवन गैरेले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै आफूले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभको थियो ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार