free website hit counter

गोंगबु घटना : कोठामै बोलाएर हत्या गरेको खुलासा

beemaadmin
२०७७ श्रावण २७, मंगलवार

काठमाडौँ । गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट समातिएकी महिलालाई मंगलबार बिहान काठमाडौं ल्याएर घटनास्थल पु¥याई अनुसन्धान थालिएको छ ।

अहिले घटनास्थलमा महिलालाई लगेर थप प्रमाण संकलन गर्ने काम भइरहेको छ । हत्या एक्लै गरेको हुन नसक्ने भन्दै प्रहरीले यस घटनामा संलग्न अरु व्यक्तिको खोजी पनि थालेको छ ।

रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् ।

महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको प्रहरीले बताएको छ ।

शाहीसँग बोहराको सम्बन्धको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । एक छोरा र एक छोरीकी आमा शाही छोरासँग बस्दै आएकी थिइन् । दुई कोठा, किचेन र बाथरुमसहितको फ्ल्याटमा बस्दै आएकी थिइन् । छोरीको विवाह भइसकेको पत्ता लागेको छ ।

बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे । हत्या भएको राति उनी किन त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको बुझिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार