free website hit counter

गोंगबु हत्याकाण्ड : आमालाई जेल, छोरीलाई सुधारगृह

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

काठमाडौं । दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी (पौडेल) लाई पूर्पक्षको लागि थुनामा पठाएको छ भने लास व्यवस्थापनमा सघाउ पुर्याएको अभियोगमा १५ वर्षीया छोरीलाई सुधारगृह पठाइएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार थुनामा पठाउन आदेश गरेको हो। बोहोराको हत्याको अभियोमा प्रहरीले पौडेल र उनकी १५ वर्षीया छोरीलाई साउन २७ गते प्रहरीले सार्वजनिक गरेको थियो। प्रहरीले कल्पना र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेर ल्याएको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको थियो। छोरीलाई भने सुधार गृह पठाइएको हो। गत साउन २५ गते टोखा नगरपालिकाको वडा नम्बर १० मा टाउको काटिएको शव सुटकेसभित्र फेला परेको थियो। करिब ३ सय मिटरको दुरीमा अर्को झोलामा काटिएको टाउको र खुट्टा प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको थियो। अभियुक्त महिलाले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै बोहोराको हत्या गरेको कुरा प्रहरीसामु स्वीकार गरेकी थिइन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार