free website hit counter

गोंगबु हत्याकाण्ड, मध्यराति कल्पनाले नाम्लो लगाएर शव बोकिन, छोरीले छाता ओढाइन्

beemaadmin
२०७७ श्रावण २७, मंगलवार

काठमाडौं । आङै सिरिङ्ग हुने गोंगबु हत्याकाण्डको पर्दा उघायरिएको छ । दुइ दिनसम्म प्रहरीलाई समेत हम्मे हम्मे बनाएको घटना पर्दाफास हुन धेरै समय लागेन । रहस्यका सबै पर्दाहरु उदांगिएका छन् ।

मंगलबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी बरीष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले संयुक्त पत्रकार सम्मेलन गरेर दाङका ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्यामा संलग्न भएको भन्दै कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेका छन् ।

मृतकको पहिचान खुलाउनै नसकेपछि प्रहरीले मृतकको फोटो सार्वजनिक गरेर व्यक्तिको पहिचान गरेको थियो । मृतकका मामाले प्रहरीलाई दिएको ‘क्लू’ पछिनै प्रहरीले नवज्योती मार्गमा बस्ने कल्पना को डेरा खोज्न थालेको थियो ।

यस्तो थियो घटना
शनिवार साँझ ५ बजे रुस्लान भोड्का लिएर कृष्णबहादुर कल्पनाको कोठमा पुगेको देखिन्छ । कल्पना र दुई छोरा–छोरी त्यहाँ बस्ने गरेका थिए। कृष्ण पुगेपछि कल्पनाले दही र चिउरा खुवाएकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेका कारण कृष्ण त्यसै झुम्म भए । त्यसपछि कल्पना र कृष्णले भोड्का र मासु खाए । नसाको सुरमा लठ्ठ परेर सुतेको मौकामा कल्पनाले ह्यामरले कृष्णको अण्डकोषमा प्रहार गरिन् । त्यसपछि सलले घाँटी बाँधेर मरेको यकिन गरेपछि बाथरुममा लगेर कृष्णबहादुर शवलाई टुक्रा टुक्रा पारेको उनले स्वीकार गरेकी छिन् । कृष्णबहादुरको हत्या गरि टुक्रापरी सक्दा करिब ११ बजेको थियो ।

बाहिर पानी दर्किरहेको बेला मध्य राति करिब १२ बजेतिर कल्पनाले टाउको र खुट्टा लगेर डेरा नजिकै स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा छाडेर आएकी थिइन् । करिब १ बजेतिर सुटकेशमा प्याक गरिएको कृष्णबहादुरको जिउ फाल्नका लागि उनले छोरीलाई बोलाइन् । नाम्लो लगाएर कल्पनाले नै शव बोकेको र छोरीले छाता ओढाएको आरोपीको बयानबाट खुलेको छ ।

चार बर्षअघि कल्पना र कृष्णबहादुरबीच चिनजानभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यतिबेला बोहरा विदेशमा थिए । पछिल्लो तीन बर्षयता काठमाडौँमा उनीहरुबीच बाक्लै भेट भइरहन्थ्यो । कमला पौडेलको नामबाट कल्पनाले फेसबुक चलाउँथिन् । तर, उनको फोटो राखेर बोहराले ‘कल्पना शाही’ नामबाट फेसबुक आईडी बनाए । सो आईडीबाट अरु केटाहरुलाई फिसिङ गर्न थाले ।

बोहोराको कर्तुत थाहा पाएपछि कल्पनाले त्यसो नगर्न भनिन् । तर, उनलाई उल्टो ‘नाङ्गो फोटो सार्वजनिक गर्दिने’ धम्की दिन थाले । कक्षा १० मा पढ्ने छोरीलाई पनि बोहराले गलत नियतले हेर्न थालेपछि कल्पना रुष्ट थिइन् । ‘हर्केहल्दार’ टेली श्रृङ्खलामा एउटा भागमा अभिनय गरेकी कल्पनाले त्यसपछि बोहोरालाई सँधैका लागि साइड लगाउने निधो गरिन् । उनीसँगै १५ वर्षीया छोरी पनि पक्राउ परेकी छन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । छोरा उनीभन्दा पनि कम उमेरका छन् भने घटनाबारे कुनै जानकारी छैन । आइतबार बिहान ७ बजे प्रहरीले शव बरामद गरेको पौडेलले थाहा पाइसकेकी थिइन् ।

घरको छतबाट शव बरामद स्थल देखिने भएकाले प्रहरीको बाक्लो परिचालन देख्न उनलाई गाह्रो थिएन । प्रहरीले केन्द्रीय कुकुर तालिम केन्द्रबाट विशेष तालिम प्राप्त कुकुर जोजोलाई ल्याएपछि भने उनी डराएकी थिइन् । उनले बयानमा भने अनुसार कुकुर घरै अगाडिबाट हिँडेपछि आमाछोरी दुवै अताल्लिएका थिए । पौडेलसँग मृतकको अवैध सम्बन्ध रहेको प्रहरीले बताएको छ । पौडेलका श्रीमान विदेशमा छन् र, पछिल्लो समय राम्रो सम्बन्ध छैन । मृतक बोहरा विदेशबाट फर्किएका व्यक्ति हुन् । दुई जनासँग विवाह गरे पनि डिभोर्स भइसकेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार