free website hit counter

गोंगबु हत्या काण्डमा समातिएकी महिलाका श्रीमान विदेशमा

beemaadmin
२०७७ श्रावण २६, सोमबार

काठमाडौं । गो‌ंगबुमा आइतबार भएको विभत्स हत्यामा ज्यान गुमाएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई सोमबार साँझ नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो। गो‌ंगबुस्थित ती महिला बस्ने घरमा बेला–बेलामा मृतक बोहोरा जाने गरेको प्रहरीले जनाएको छ। उनका श्रीमान् भने विदेशमा रहेकाे बताइएकाे छ।

प्रहरीले सोमबार दिउँसोसम्म पनि शवको सनाखत गर्न नसकेपछि तस्वीर सार्वजनिक गरेपछि मृतकको पहिचान खुलेको थियो। प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो। दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।

यस्तो छ घटना
कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेको प्रहरीले पत्ता लगाएको छ । हत्या आशंकामा समातिएकी कल्पनासँग लेनदेन सम्बन्धी विवाद पनि हुनसक्ने देखिएको छ । अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार बोहोराले एक जनासँग ५० लाख रुपैयाँ लिनुपर्ने र उनलाई धेरै प्रयासपछि शनिबार भेटेको आफन्तसँग बताए पनि त्यो व्यक्ति ती महिला हुन् होइनन् अझै खुलेको छैन । तर शनिबार शाहीले खानपिनका लागि बोलाएको र केही दिन नआउन सक्ने भन्दै होटलबाट निस्किएका थिए । महिला र बोहोराको सम्बन्ध लेनदेनको हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार