free website hit counter

गोल्यान फेरि एनएमबि बैंकको अध्यक्ष

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं । पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनः निर्वाचित गरेको छ । गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्यान, एफएमओको तर्फबाट संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।

सम्बन्धित समाचार