free website hit counter

ग्राण्डी अस्पतालमा ज्वरो नापेर मात्रै प्रवेश, शंकास्पदलाई छुट्टै कक्ष

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । कोराना संक्रमणलाई नियन्त्रण गर्न सबैतिर सजगता अपनाउन थालिएको छ । यसैबीच, ग्राण्डी इन्टरनेशनल अस्पतालले सम्पूर्ण बिरामी तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको बताएको छ ।
कोरोना भाईरस संक्रमणबाट बच्न सचेतना अपनाउँदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो । ज्वरो मापन गर्दा उच्च तापक्रम भएको पाइएमा छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था समेत मिलाएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार