free website hit counter

ग्रीनकार्ड होल्डरले बेहुलाले ५० लाख मागेपछि…

beemaadmin
२०८० असार १३, बुधबार

काठमाडौं । काठमाडौंको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन्। मंगलबार दिउँसो २ बजे नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको हो। सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो। उनी अमेरिकाको ग्रीन कार्ड होल्डर हुन्। बेहुला पक्षले मागेको दाइजो नपाएको भनी दुई पक्षबीच विवाद भएको सूचनाका आधारमा प्रहरीले रौनियारलाई पक्राउ गरेको हो। ५० लाख रुपैयाँ दाइजो नपाए विवाह नगर्ने अडान बेहुला पक्षले लिएपछि घटना प्रहरीसमक्ष पुगेको हो। मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती गरेको आरोप केटी पक्षको छ। विवाह खर्च बापत केटा पक्षले पटकपटक गरी २२ लाख रुपैयाँ बुझिसकेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। रौनियारलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार