free website hit counter

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने

beemaadmin
२०८१ चैत्र ६, बुधबार

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले चैत २७ गते, होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार