free website hit counter

ग्लोबल आइएमइ र जनता बैंकको सबै कारोबार ३० घण्टा बन्द

beemaadmin
२०७६ मंसिर १८, बुधबार

काठमाडौं। जनता बैंकसँगको मर्जरपछि एकीकृत कारोबारका लागि ग्लोबल आइएमइ बैंक ३० घण्टा बन्द हुने भएको छ। जनता बैंकलाई गाभेर एकीकृत कारोबार गर्न लागेकाले बन्द हुन लागेको बैंकले जनाएको छ । ग्लोबलसँगै जनता बैंकको सेवा पनि बन्द हुने छ। मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ। त्यही दिनबाट कारोबार सुचारु हुने छ। जनता र ग्लोबल आइएमइ बैंकले आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुने छन्। यस बीचमा दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने बताइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार