free website hit counter

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब भन्दाबढी नाफा

beemaadmin
२०८२ श्रावण २८, बुधबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा प्रभावित भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा २.७५ प्रतिशत घटेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ। ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आमदानी १४ रुपैयाँ ११ पैसा रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार