free website hit counter

ग्लोबल आईएमईले बढायो नाफा

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले खुद नाफा ४०.५५ प्रतिशत बढाएको हो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा वृद्धि देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको जनाइएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई २८ करोड ११ लाख रुपैयाँ नाफा वितरण गर्न सक्नेछ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ । निक्षेप गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ बढेको र समीक्षा अवधिमा निक्षेप र कर्जा वृद्धि हुनुका साथै तरलताको अवस्था पनि सहज रहेको बैंकले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार