free website hit counter

ग्लोबल आईएमई बैंकको सीईओमा क्षेत्री

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । मर्जरअघि जनता बैंकको सीईओ रहेका परशुराम कुँवर क्षेत्री ग्लोबल बैंकको सीइओमा नियुक्त भएका हुन् । मंसिर २० गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको सीईओ र सिनियर डिसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

मर्जर सम्झौता अनुसार नै क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसीईओ) को कार्यभार सम्हाल्ने भएका छन् ।

मर्जरपछि ग्लोबल आइएमई बैंकमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नयाँ सञ्चालकमा नियुक्त भएका छन्। ग्लोबलका बहालवाला पाँच संचालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत छन्। जनता बैंकमा रहेका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु भने बाहिरिएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार