free website hit counter

ग्लोबल आईएमई र जनता बैंक मर्ज

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौं । नेपाल सरकारले आर्थिक नीतिमार्फत् नै ठूला बैंकहरुलाई मर्जरमा लाने नीति लिएबमोजिम ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जर भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका गर्नुभएको थियो । दुवै बैंकले नेपाल राष्ट्र बैकले अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन् ।

यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैकका अध्यक्ष ढकालले मर्जरपछि ग्लोबल आईएमई बैंक सबैभन्दा ठुलो बैंक बन्ने र भविश्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताउनृभयो ।

मर्जर पछिको बैकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति भएको छ । मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ । त्यस्तै बैकको शाखा सञ्जाल ३ सय भन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार