free website hit counter

ग्लोवल आइएमई बैंकका सिइओ रेग्मीले सम्हाले कार्यभार

beemaadmin
२०८१ भाद्र २, आईतवार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आईतवार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन । पदभार सम्हाल्दै प्रमुख कार्यकाी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाए। यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे। ग्लोवल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए । ग्लोवल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोवल आइएमई बैंकको नयाँ सिईओको रुपमा नियुक्त हुनुभएका रेग्मीयसअघि नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार