free website hit counter

घट्यो निफ्राको आम्दानी

beemaadmin
२०८२ माघ ७, बुधबार

काठमडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४।५१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २८.६२ प्रतिशत र सञ्चालन मुनाफा ३६.०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १५ पैसा घटेर ३ रुपैयाँ ८० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८।४६ गुणा रहेको छ। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। गत पुस मसान्तसम्ममा बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार