काठमाडौंं । चैत २८ गते, सोमबार, छापावाल सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १०० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा सुनको मुल्य २०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको छ। सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमै कारोबार भइरहेको छ ।