free website hit counter

घट्यो स्ट्याण्डर्ड चार्टर्डको नाफा

beemaadmin
२०८१ श्रावण २०, आईतवार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो। खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ। ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार