free website hit counter

घण्टी बजाउँदै उकालो लागे रवि

beemaadmin
२०७९ मंसिर ८, बिहीबार

चितवन। जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अग्रता कायमै रहेको छ। निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो। निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राखेका छन्। उनले २८ हजार ८३ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गरेका छन्। गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन्। तीमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ।
क्षेत्र नम्बर २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले ४२ हजार दुई सय १४ मतका साथ अग्रस्थानमा रहेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोख्रेलले १३ हजार तीन सय आठ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन्। पछिल्लो परिणामअनुसार चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन्।
उनले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार दुई सय ९५ प्राप्त गरेका छन्। रास्वपाकी जीता बरालले नौ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले छ हजार एक सय १७ मत प्राप्त गर्नुभएको छ।
सो क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए। यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार