free website hit counter

घरबेटीले किन निकाले यी मैयालाई

beemaadmin
२०७८ फाल्गुन २०, शुक्रबार

एजेन्सी । एक एडल्ट मोडलले आफूलाई ‘धेरै हट’ भएका कारण घरबेटीले भाडाको घरबाट निकालिदिएको दावी गरेकी छिन् । ब्राजिलकी यी मोडलको नाम सुजी कार्टेज हो । ३१ वर्षकी कार्टेजका अनुसार उनले १ हजार डलर (१ लाख २० हजार रुपैयाँ) खर्च गरेर एयरबीएनबी रेन्टल साइटबाट एउटा अपार्टमेन्ट बुक गरेकी थिइन् । तर ‘हट गर्ल फोबिया’बाट ग्रसित एक पूर्वाग्रही होस्टले उनलाई त्यहाँबाट बाहिर निकालिदिए ।
यी मोडलले जनवरीमा त्यो अपार्टमेन्ट लिएकी थिइन् ताकि साओ पाउलो सहरमा आफ्नो परिवारलाई भेट्न सकुन् । तर, यो अपार्टमेन्टमा उनी ४८ घण्टा पनि बस्न पाइनन् । सुजी कार्टेजका अनुसार उनका पुरुष होस्टले उनलाई बाहिर मात्रै निकालिदिएनन्, उनको सामान पनि फोहर फाल्ने भाँडोमा फालिदिए । कार्टेजले अब एयरबीएनबीमाथि मुद्दा हाल्ने बताएकी छिन् ।
सुजी कार्टेजले जाम प्रेससँग भनिन् ‘यो अहिलेसम्मकै सबैभन्दा ठूलो पूर्वाग्रह र दुःस्वप्न हो । म धेरै लज्जित र मनोवौज्ञानिक रुपले हल्लिएकी छु । आफ्ना मातापितालाई भेट्ने मेरो यो यात्रा डरलाग्दो फिल्ममा बदलियो । न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार अपार्टमेन्ट भाडामा दिने होस्टले कार्टेजको कपडाका विषयमा असन्तुष्टि जनाएका थिए । ती शोस्टलाई विशेष रुपले उनको वर्कआउट लेगिंगमा आपत्ति थियो ।
ती होस्टले कार्टेज त्यो अपार्टमेन्टमा आएको भोलिपल्टै बुकिङ तत्काल रद्द गर्न भनेका थिए । त्यसपछि कार्टेजलाई एयरबीएनबीको तर्फबाट एउटा इमेल आयो जसमा उनको बुकिङ रद्द गरिएको भनिएको थियो । कथित रुपमा अपार्टमेन्ट खाली गराउनको लागि कार्टेजका केही सामानलाई होस्टले फोहरको भाँडोमा फालिदिएका थिए । कार्टेजले धेरै सुन्दर वा हट देखिएका कारण आफूले उत्पीडनको सामना गर्नु परेको बताएकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार