free website hit counter

घरबेटीले किन निकाले यी मैयालाई

beemaadmin
२०७८ फाल्गुन २०, शुक्रबार

एजेन्सी । एक एडल्ट मोडलले आफूलाई ‘धेरै हट’ भएका कारण घरबेटीले भाडाको घरबाट निकालिदिएको दावी गरेकी छिन् । ब्राजिलकी यी मोडलको नाम सुजी कार्टेज हो । ३१ वर्षकी कार्टेजका अनुसार उनले १ हजार डलर (१ लाख २० हजार रुपैयाँ) खर्च गरेर एयरबीएनबी रेन्टल साइटबाट एउटा अपार्टमेन्ट बुक गरेकी थिइन् । तर ‘हट गर्ल फोबिया’बाट ग्रसित एक पूर्वाग्रही होस्टले उनलाई त्यहाँबाट बाहिर निकालिदिए ।
यी मोडलले जनवरीमा त्यो अपार्टमेन्ट लिएकी थिइन् ताकि साओ पाउलो सहरमा आफ्नो परिवारलाई भेट्न सकुन् । तर, यो अपार्टमेन्टमा उनी ४८ घण्टा पनि बस्न पाइनन् । सुजी कार्टेजका अनुसार उनका पुरुष होस्टले उनलाई बाहिर मात्रै निकालिदिएनन्, उनको सामान पनि फोहर फाल्ने भाँडोमा फालिदिए । कार्टेजले अब एयरबीएनबीमाथि मुद्दा हाल्ने बताएकी छिन् ।
सुजी कार्टेजले जाम प्रेससँग भनिन् ‘यो अहिलेसम्मकै सबैभन्दा ठूलो पूर्वाग्रह र दुःस्वप्न हो । म धेरै लज्जित र मनोवौज्ञानिक रुपले हल्लिएकी छु । आफ्ना मातापितालाई भेट्ने मेरो यो यात्रा डरलाग्दो फिल्ममा बदलियो । न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार अपार्टमेन्ट भाडामा दिने होस्टले कार्टेजको कपडाका विषयमा असन्तुष्टि जनाएका थिए । ती शोस्टलाई विशेष रुपले उनको वर्कआउट लेगिंगमा आपत्ति थियो ।
ती होस्टले कार्टेज त्यो अपार्टमेन्टमा आएको भोलिपल्टै बुकिङ तत्काल रद्द गर्न भनेका थिए । त्यसपछि कार्टेजलाई एयरबीएनबीको तर्फबाट एउटा इमेल आयो जसमा उनको बुकिङ रद्द गरिएको भनिएको थियो । कथित रुपमा अपार्टमेन्ट खाली गराउनको लागि कार्टेजका केही सामानलाई होस्टले फोहरको भाँडोमा फालिदिएका थिए । कार्टेजले धेरै सुन्दर वा हट देखिएका कारण आफूले उत्पीडनको सामना गर्नु परेको बताएकी छिन् ।

सम्बन्धित समाचार