free website hit counter

घरमै बनाऔं स्वादिलो चिकेन बिरयानी

beemaadmin
२०८० कार्तिक ६, सोमबार

स्वादिलो बिरयानी खानका लागि रेष्टुरेन्ट धाउनै पर्छ भन्ने छैन । यसलाई सजिलै घरमा पनि बनाउन सकिन्छ । यहाँ चिकेन बिरयानी बनाउने विधी दिइएको छ । यसका लागि बोनलेस चिकेन चाहिन्छ ।

आवश्यक सामग्री

फ्राइड चिकेनका लागि
चिकेन : आधा केजी
अदुवा र लसुनको पेस्ट : एक चम्चा
रातो खुर्सानी पाउडर : आधा चम्चा
बेसार : आधा चम्चा
गरम मसला : आधा चम्चा
नुन : स्वाद अनुसार

चामलका लागि

बासमती चामल : दुई कप
ल्वाङ, सुकुमेल र मरिचको धुलो
रातो खुर्सानीको धुलो : एक चम्चा
बेसार : एक चौथाई चम्चा
अदुवा र लसुन पेस्ट : एक चम्चा
प्याज : चार वटा, स : सना टुक्रामा काटिएको
गोलभेडा : चार वटा, टुक्रा पारेको
कागतिको रस : एक चम्चा
पुदिना
धनिया
केसर : थोरै दुधमा भिजाउने
दही
नुन : स्वाद अनुसार
तेल : दुई ठूलो चम्चा

कसरी बनाउने

सबैभन्दा पहिला बासमती चामललाई आधा घण्टा पानीमा भिजाउने । एउटा भाँडामा चिकेन, अदुवा लसुनको पेस्ट, रातो खुर्सानी, बेसार, गरम मसला र नुन मिसाएर तीस मिनेट राख्ने । त्यसपछि चिकेनलाई डिप फ्राइ गरेर राख्ने ।

अब फ्राइ प्यानमा तेल तताएर आधा प्याज हालेर फ्राइ गर्ने र निकाल्ने । त्यस तेलमा बाँकी रहेको प्याज, गरम मसला हालेर केहि मिनटे भुट्ने । फेरी त्यसमा काटेको गोलभेडा, बेसार हालेर पकाउने । त्यसमाथि रातो खुर्सानी पाउडर, धनिया पाउडर हरियो खुर्सानी, दही, पुदिना र हरियो धनिया हालेर ६ मिनेट जति पकाउने । अब पानी हाल्नुपर्छ । पानी उम्लन थालेपछि बासमती चामल हालेर फ्राइ गर्नुपर्छ । त्यससँगै चिकने पनि हाल्ने । कागतिको रस हाल्ने र आगो धिमा बनाउने । चामल उम्लन थालेपछि त्यसमाथि फ्राइ गरेको प्याज र केसर घोलेको दुध हाल्नुपर्छ । अब ढक्कनले छोप्नुपर्छ । पाँच मिनेटको लागि आँगो तेज बनाउने । यसपछि फ्राइ चिकेन बिरयानी तयार हुन्छ ।

सम्बन्धित समाचार

कुलमान हटाउन खड्का र राणाको मिलेको स्वर

beemaadmin
२०८१ चैत्र ११, मंगलवार

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

beemaadmin
२०८१ चैत्र ११, मंगलवार

बालेनले भने– गलत भए मलाई जेल हाल

beemaadmin
२०८१ चैत्र ११, मंगलवार

सुनको मूल्यमा गिरावट

beemaadmin
२०८१ चैत्र ११, मंगलवार