free website hit counter

घरमै बसीबसी खोलौं नबिलमा खाता

beemaadmin
२०७७ बैशाख २२, सोमबार

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबारसमेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ । यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नगइ आफ्नै घरबाट खाता खोली इन्टरनेछ बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंङ्गिग सुविधाहरुको तत्काल लाभ लिन सकिने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङ्ग सुबिधाअन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बिमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् । साथै यो सुविधा कोभिड १९ संक्रमण न्युनीकरण एवं ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी बैंकले गराएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार