free website hit counter

घाटा घटाउँदै अप्पर तामाकोशी

beemaadmin
२०८१ श्रावण २९, मंगलवार

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ। कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार