free website hit counter

घुस्याहालाई घुसकै चिन्ता, कार्यालय खुलेकै भोलिपल्टै रंगेहात झिरिप्पै

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । तीन महिनाको अन्तरालमा कार्यालयहरु खुलेका छन् । धेरै कर्मचारीलाई चिन्ता छ कसरी सामाजिक दूरी कायम गरी आफू र आफ्ना परिवारलाई कोरोना संक्रमण हुनबाट जोगाउने । तर ती महिनादेखि घुस खान नपाएका केही बदनाम कर्मचारी भने कहिले खुल्ला भनेर कुरेरै बसेका रहेछन् । ३ महिना लकडाउनपछि कार्यालय खुलेकै भोलिपल्ट मालपोत कार्यालय डिल्लीबजारमा ८ लाख रुपैयाँ घुस लेनदेन गर्दागर्दै प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुससहित मंगलबार राति पक्राउ गरेको हो । गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए । सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ५ जना पक्राउ परेका छन् । घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार