free website hit counter

घोराही सिमेन्टको नाफामा पहिरो

beemaadmin
२०८० फाल्गुन २, बुधबार

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक भएको छ। कम्पनीको अन्य आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९८.८७ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ। ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार