free website hit counter

ङादी ग्रुप पावरको हकप्रद निष्कासन

beemaadmin
२०८१ पुष २३, मंगलवार

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको हो । लगानीकर्ताले सिद्धार्थ क्यापिटल,सिद्धार्थ बैंकका विराटनगर,विरगञ्ज,नारायणगढ,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढी र सुर्खेत शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। हकप्रदबाट प्राप्त रकम माथिल्लो सेति जलविद्युत आयोजना (२१६ मेगावाट) को निर्माण तथा ङादी ग्रुपद्वारा प्रवद्र्धित आयोजनाको मर्मत सम्भारका लागि उपयोग गरिनेछ । कम्पनीले हकप्रद सेयरका निष्कासनका लागि गत मंसिर १८ गते बुक क्लोज गरेको थियो । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् । यो हकप्रदमा आवेदन दिने अन्तिम मिति माघ १४ गते गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार