free website hit counter

चन्दाका विषयमा यसो भन्छ नबिल बैंक

beemaadmin
२०७७ पुष २०, सोमबार

काठमाडौं । नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे भन्ने समाचारको नबिल बैंकले खण्डन गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनलि केशरी शाहले आज एक विज्ञप्ती जारी गर्दै यो समाचार विल्कुलै भ्रामक भएको र यसप्रति नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमार्फत शाहले भनेका छन्, ‘चन्दासम्वन्धि खवरबारे बैंकको विमती छ । यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’ नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो ।

सम्बन्धित समाचार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

नयाँ सरकार निर्माणको गृहकार्य प्रारम्भ

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार