काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट चन्द्रागिरी हिल्स लमिटेडले शेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने भएको छ। मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनीले लाभांश प्रस्ताव बिना नै पुस ३ गते, बुधबार, आफ्नो कार्यालय परिसरमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संशोधन गर्न अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।