free website hit counter

चाँडै सार्वजनिक हुँदैछन् उत्तर कोरियाली नेता किम

beemaadmin
२०७७ बैशाख १४, आईतवार

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनका विषयमा विभिन्न अड्कलबाजीहरु विश्वभर भइरहेको छ । मुटुमा समस्या देखिएपछि शल्यक्रिया गरिएका भनिएका किम जिवित नै नभएको हल्ला समेत बजारमा आइरहेको बेला किमलाई छिट्टै सार्वजनिक गरिने बताइएको छ । समाचार एजेन्सी रोयटर्सले दक्षिण कोरियाली विश्वस्त स्रोतलाई उदृत गर्दै किम जिवितै रहेको र चाँडै सार्वजनिक हुने उल्लेख गरेको छ । तर, उनको अवस्थाबारे भने उल्लेख गर्न नमानेको जनाइएको छ ।
किमको मुटुको शल्यक्रिया भएको र गम्भीर अवस्थामा रहेको समाचारहरु आएका हुन् । दक्षिण कोरियाले आधिकारिक रुपमा यसबारे प्रष्ट जानकारी नभएको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि किम गम्भीर अवस्थामा रहेको खबरको खण्डन गरेका छन् । तर, उनले किमको अवस्थाबारे भनेनन् । यसैगरी, चीनको एउटा स्वास्थ्य टोली उत्तर कोरिया पुगेको विषयले चर्चा पाएको छ । चिनियाँ उच्च स्तरीय स्वास्थ्य टोली किमलाई स्वास्थ्य सल्लाह दिन पुगेको हुनसक्ने समाचार एजेन्सीहरुले जनाएका छन् । यो विषय निकै संवेदनशील भएको भन्दै चिनियाँ टोलीले केही जानकारी नदिएको जनाइएको छ । दक्षिण कोरियाबाट उत्तर कोरियासम्बन्धी जानकारी दिने डेली एन केले गत किमको १२ जुनमा मुटुसम्बन्धी शल्यक्रिया भएको खबर छापेको थियो । उत्तर कोरियाली स्रोत उदृत गर्दै उसले समाचार छापेपछि किमको स्वास्थ्यबारे शंका उपशंका बढेको थियो । यतिसम्मकी उनको उत्तराधिकारीबारे समेत चर्चा चलेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार